अर्थ

शोल्टी वेस्टल्याण्डले पायो बेस्ट डेब्यु ग्रीन अवार्ड

काठमाडौ– नेपालगञ्जमा हालै सञ्चालनमा आएको शोल्टी वेस्टल्याण्ड प्रिमियर होटलले ‘बेस्ट डेब्यु ग्रीन होटल’ अवार्ड जितेको छ।

भारतको नयाँदिल्लीमा अयोजित चौधौ हस्पिटालिटी इण्डिया समारोहमा उक्त अवार्ड दिइएको हो। विशेष समारोहमाका प्रमुख अतिथि त्यहाँका पर्यटन राज्यमन्त्री केजे अल्फानोसले उक्त अवार्ड शोल्टी वेस्टल्याण्डका अध्यक्ष दिनेश बहादुर बिष्टलाई प्रदान गरेका हुन्।

सन् १९६०को दशकमा स्थापित राजधानीको शोल्टी होटलले सञ्चालनमा ल्याएको शोल्टी वेस्टल्याण्ड वातावरण मैत्री र ऊर्जा खपतमा उत्कृष्ट रहेको भन्दै उक्त अवार्ड दिएको जनाइएको छ। 

 

प्रकाशित: २३ आश्विन २०७५ ०९:१५ मंगलबार

शोल्टी_वेस्टल्याण्ड_प्रिमियर_होटल बेस्ट_डेब्यु_ग्रीन_होटल अवार्ड