अर्थ

केएल टावरको उपहार योजना

काठमाडौं – केएल टावरले दसैं र तिहारको अवसरमा १९ गतेदेखि रमाइलो दसैं–तिहार उपहार योजना ल्याएको छ। यस योजनामा ग्राहकले प्रत्येक दिन हात खाली नजाने उपहार पाउने छन्।

बम्पर उपहारमा टिभिएसको अपाचे आरटिआर मोटरसाइकल, जुपिटर स्कुटर लगायत छन् । दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, स्मार्टफोन लगायत छन् भने साप्ताहिक रूपमा मलले टिसिएल र गोदरेज ब्रान्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिजलगायत घरायसी सामान उपलब्ध गराउने टावर व्यवस्थापनले जनाएको छ।

साप्ताहिक उपहारमा टाइमेक्स घडी तथा पाँच हजार रुपैयाँ बराबरको सपिङ भौचर पनि ग्राहकले पाउने छन्। उपहार जित्नको केएल टावरमा रहेका आउटलेटमा कम्तीमा एक हजार रुपैयाँको सामान खरिद गर्दा ग्राहकले कुपन प्राप्त गर्नेछन्।

प्रकाशित: २३ आश्विन २०७५ ०५:१४ मंगलबार

केएल_टावर दसैं_तिहार