अर्थ

होटल शम्बलामा मुक्तिनाथका ग्राहकलाई छुट

काठमाडौं – मुक्तिनाथ विकास बैंक र महाराजगन्जस्थित होटल शम्बलाबीच सम्झौता भएको छ।

सम्झौताअनुसार मुक्तिनाथका भिजा डेबिट कार्डबाहकले उक्त होटलका सेवामा १५ प्रतिशतसम्म छुट पाउने बताइएको छ।

सम्झौतापत्रमा मुक्तिनाथका बजारीकरण विभाग प्रमुख बसन्त बक्सी र होटल शम्बलाका बजारीकरण विभागका निर्देशक रबिन मानन्धरले हस्ताक्षर गरेका छन्।

प्रकाशित: २३ आश्विन २०७५ ०५:०८ मंगलबार

मुक्तिनाथ_विकास_बैंक