अर्थ

निर्धन उत्थानको उन्नत बाख्रापालन तालिम

काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ३० जना ग्राहक सदस्यलाई उन्नत किसिमबाट पाख्रापालन गर्ने तालिम दिएको छ । संस्थाले हालै कञ्चनपुर जिल्लाको बेलौरीमा व्यावसायिक उन्नत बाख्रापालन तालिम आयोजना गरेको थियो।

उक्त तालिममा प्रशिक्षकहरु लौटनराम चौधरी, दिपकराज भट्ट, शंकरप्रसाद न्यौपाने र विरेन्द्रप्रसाद चौधरी रहेको संस्थाका अत्तरिया क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख शंकरप्रसाद न्यौपानेले जानकारी दिए।

एक परिवारमा एकजना उद्यमी बनाउन पहल गरिरहेको उनले बताए । साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइरहेको यस संस्थाबाट कर्जा लिई व्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत क्षेत्रीय प्रमुख न्यौपानेले जानकारी दिए।

प्रकाशित: २२ आश्विन २०७५ ०७:०९ सोमबार

निर्धन_उत्थान_लघुवित्त