अर्थ

एनसेलका थप विजेतालाई पुरस्कार

काठमाडौ – एनसेलले नजिकिँदै गरेको चाडपर्वको अवसरमा सञ्चालन गरिरहेको ‘रिचार्ज एन्ड विन’ अफर अन्तर्गत चौथो हप्ताका विजेतालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ।

प्रत्येक हप्ता १० भाग्यशाली ग्राहकले जनही एक लाख जित्ने ‘रिचार्ज एन्ड विन’ १० हप्तासम्म सञ्चालनमा रहने अफर हो। भदौ १७ गतेबाट सुरु भएको यस अफर अन्तर्गत चौथो हप्ताका विजेता गत मंगलबार एक टेलिभिजले प्रत्यक्ष प्रसारण गरेको लाइभ ड्र कार्यक्रममार्फत छानिएका हुन्।

चौथो हप्ताका विजेताले बिहीबार जनही नगद एक लाख पुरस्कार ग्रहण गरेका छन्। तेस्रो हप्ताका एकसहित यस हप्ताका घोषित कुल ११ जना विजेतामध्ये ६ जनाको पहिचान तथा प्रमाणित गर्ने काम भइरहेको कम्पनीले जनाएको छ।

चौथोे हप्तासम्ममा ४० जनाले जनही एक लाख जितिसकेको कम्पनीले जनाएको छ। तीमध्ये ३२ जनाले नगद पुरस्कार ग्रहण गरिसकेका छन्।

प्रकाशित: २१ आश्विन २०७५ ०५:११ आइतबार

एनसेल चाडपर्व