अर्थ

लेगोमा दुबई जाने अवसर

काठमाडौं – गोल्छा अर्गनाइजेसनको सह–कम्पनी तथा लेगोको आधिकारिक बिक्रेता म्याभरिक प्रालिले नयाँ प्रवद्र्धन योजना सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत एकजना भाग्यशाली ग्राहकले आफ्नो परिवारका साथ लेगोल्यान्ड, दुबई जाने अवसर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

यो अफर सबै भाटभटेनी स्टोरका साथै सिभिल मल, लबिम मल, नागपोखरी, एकान्तकुना र दरबारमार्गस्थित फन स्टेसन आउटलेटमा उपलब्ध रहेको कम्पनीको भनाइ छ । योजनामा सहभागी हुन ग्राहकले १९ सय ९९ वा सोभन्दा बढीको लेगो प्रोडक्ट खरिद गर्नु पर्नेछ।

यस अफरका भाग्यशाली विजेताले दुबईको ट्रिप प्याकेज प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यस अन्तर्गत दुईतर्फी हवाई टिकट, लापिता होटेलमा दुई रात, लेगोल्यान्ड दुबई, लेगोल्यान्ड वाटरपार्क, मोसनगेट, दुबई र बलिउड पार्क दुबईको तीन दिनका लागि टिकट र एयरपोर्टदेखि होटेलसम्मको यातायात र खानाको व्यवस्था रहनेछ । यो अफर असोज १९ गतेदेखि कात्तिक २९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।

 

प्रकाशित: १८ आश्विन २०७५ ०६:१३ बिहीबार

गोल्छा_अर्गनाइजेसन दुबई