अर्थ

लेखनाथ र श्रीपुरमा महालक्ष्मी विकास बैंक

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका, वडा नम्बर–३०, सिसुवा र वीरगन्ज महानगरपालिका वडा नम्बर–१२, श्रीपुरमा शाखा खोलेको छ।

सिसुवामा असोज १४ गते र श्रीपुरमा असोज १७ गते शाखा खोलेको बैंकको विज्ञप्तिमा उल्लेख छ । सिसुवा शाखाको उद्घाटन उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले गरेका थिए । श्रीपुर शाखाको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले गरेको बैंकले जनाएको छ।

उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बैंकले अझै उत्कृष्ट सेवा दिने बताए । महालक्ष्मीले देशका सहरी तथा ग्रामीण भेगमा ७६ शाखा र ३५ वटा एटिएममार्फत सेवा दिइरहेको छ । यसको ग्राहक संख्या चार लाख ९० हजारभन्दा बढी छ । बैंकको चुक्ता पुँजी दुई अर्ब ६३ करोड रुपैयाँ छ । बैंकले हालसम्म करिब २६ अर्ब ३४ करोड निक्षेप संकलन गरी २२ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।

 

प्रकाशित: १८ आश्विन २०७५ ०६:१० बिहीबार

महालक्ष्मी_विकास_बैंक