अर्थ

नेपाल बैंकको चिप बेस्ड भिसा डेबिट कार्ड

काठमाडौं – नेपाल बैक लिमिटेडले ८२औं वार्षिकोत्सवका अवसरमा  चिप बेस्ड भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ। ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त सेवा ल्याएको हो। 

असोज १५ गतेबाट सञ्चालनमा ल्याइएको यो कार्ड कात्तिक ३० गतेसम्म  ग्राहकलाई निःशुल्क जारी गरिने बैंकले जनाएको छ। यसअघि बैंकले सञ्चालनमा ल्याएको एससिटी कार्ड प्रतिस्थापन गरी ल्याइएको यो कार्डमा एटिएम आउटलेट र प्वाइन्ट अफ सेल्स (पिओएस ) मेसिनबाट भुक्तानी लिन र दिन सकिने छ।

 

प्रकाशित: १८ आश्विन २०७५ ०५:५० बिहीबार

नेपाल_बैक_लिमिटेड