अर्थ

रिचार्जरमा मोबाइल किन्दा खसी उपहार

काठमाडौं – दसैंको अवसरमा मोबाइल एप रिचार्जरले मोबाइल किन्दा खसी उपहार योजना सुरु गरेको छ। 

‘दसैंको खसी घरमै बसी बसी’ नामको योजना असोज १६ गतेदेखि लागू भइसकेको कम्पनीले जनाएको छ। योजनामा सहभागी हुन असोज १६ देखि २९ गते दिउँसो १२ बजेसम्ममा रिचार्जरको एपमार्फत मोबाइल किन्नुपर्नेछ। यस अवधिमा एपमार्फत मोबाइल किन्ने ग्राहकलाई ग्रोला प्रथाबाट खसी उपहार दिने रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले जानकारी दिए। 

यो योजना सीमित ब्रान्डका मोबाइल फोनमा मात्र लागू हुने रिचार्जरले जनाएको छ । खसी विजेताको घोषणा असोज २९ गते सोमबार मोबाइल एप रिचार्जरको आधिकारिक फेसबुक पेजमार्फत लाइभ गर्ने बताइएको छ। 

साथै रिचार्जर एप मार्फत जुनसुकै सामान अर्डर गर्दा काठमाडौँ उपत्यकाको चक्रपथभित्र तीन घन्टाभित्र डेलिभरी गर्ने रिचार्जरले बताएको छ । तीन घन्टाभित्र सामान डेलिभरी गर्दा केही अतिरिक्त शुल्क लाग्नेछ । रिचार्जर एपमार्फत अर्डर गरिएका जुनसुकै सामान २४ घन्टाभित्र ग्राहकलाई उपलब्ध गराउने कम्पनीको दाबी छ । २४ घन्टाभित्र सामान डेलेभरी गर्दा अतिरिक्त शुल्क लाग्ने छैन।

 

प्रकाशित: १८ आश्विन २०७५ ०५:४५ बिहीबार

दसैं मोबाइल रिचार्ज