अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकको तालिम

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले असोज ७ देखि १६ गतेसम्म कर्मचारीलाई १० दिने बैंकिङ तालिम दिएको छ।

नयाँ कर्मचारीलाई बैंकसम्बन्धी काम र नीति नियमको जानकारी दिने र सामाजीकरण गराउने उद्देश्यले तालिम गरेको बैंकले जनाएको छ। तालिममा ७६ कर्मचारी सहभागी रहेको बैंकले जनाएको छ।

 

प्रकाशित: १८ आश्विन २०७५ ०५:४२ बिहीबार

सांग्रिला_डेभलपमेन्ट_बैंक