अर्थ

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौं - धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्ककाे गिरावट अाएकाे छ। मङ्गलवार सामान्य अङ्कले बढेको बजार आज भने दोहोरो अङ्कले घटेर नयाँ बिन्दुमा झरेको हो। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलब ७६ बिन्दुले घटेर एक हजार २३० दशमलव ६० बिन्दुमा पुगेको छ। ‘क’ वर्गका कम्पनीको कारोवार मापक सेन्सेटिभ परिसूचक समेत २ दशमलव ३९ बिन्दुले घटेर २६१ दशमलव १ बिन्दुमा पुगेको छ।

नेप्से परिसूचक मात्रै नभई कारोवार रकम समेत आज घटेको छ। कूल १६५ कम्पनीको १४ लाख ३६ हजार ५१२ कित्ता शेयर रु ३७ करोड ४० लाख ४९ हजार ८७५ मूल्यमा खरीद बिक्री भएको छ। स्टकका अनुसार कूल ११ उपसमूहमध्ये दुई उपसमूहको शेयर भने बढेको छ। बाँकी रहेका नौ उपसमूहको भने शेयर घटेको छ। व्यापार ४ दशमलव २२ र होटल ५ दशमलव ५६ बिन्दुले बढ्दा बैंकिङ १० दशमलव १२, विकास बैंक ११ दशमलव ५२, जलविद्युत् १५ दशमलव १४, वित्त ३ दशमलव ३३, निर्जीवन बीमा ५१ दशमलव ३८, उत्पादन ६ दशमलव ५२, अन्य ८ दशमलव ७५, माइक्रोफाइनान्स ९ दशमलव ७५ र जीवन बीमा ३७ दशमलव ४५ बिन्दुले घटेको छ। रासस

प्रकाशित: १७ आश्विन २०७५ ११:११ बुधबार

शेयर_बजार