अर्थ

ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरिमा छुट

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले चन्द्रागिरि हिल्स लिमिटेडको केबलकार टिकटमा छुट पाउने भएका छन्। 

बैंक र चन्द्रागिरि हिल्सबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्नेबारे सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल  र चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि बैंकको डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड लिएका ग्राहकले चन्द्रागिरिको थानकोटस्थित काउन्टरबाट केबलकारको टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १७ आश्विन २०७५ ०३:३६ बुधबार

ग्लोबल_आइएमई_बैंक ग्राहक चन्द्रागिरि