अर्थ

ग्लोबल आइएमई बैंक र पाटन प्याथ ल्याबबीच सम्झौता

काठमाडौं – ग्लोबल आइएमई बैंक र पाटन प्याथ ल्याबबीच विभिन्न सेवा तथा छुटसम्बन्धी सम्झौता भएको छ। बैंकले ल्याबसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय परीक्षणमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो।

सम्झौतापत्रमा प्याथ ल्याबका अक्ष्यक्ष रेशम भट्टराई र ग्लोबल आइएमई बैंकका कार्ड बिक्री तथा बजार व्यवस्थापन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन्।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधा प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न योजना ल्याइरहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १६ आश्विन २०७५ ०६:१५ मंगलबार

ग्लोबल_आइएमई_बैंक