अर्थ

स्टार हस्पिटल र बैंक अफ काठमाण्डूबीच सम्झौता

काठमाडौं – स्टार हस्पिटल र बैंक अफ काठमाण्डूबीच सहकार्य सम्झौता भएको छ। सम्झौतामा स्टारका सिओओ सन्देश जिसी तथा बैंकका रिसर्च प्रोडक्ट डेभलपमेन्ट तथा मार्केटिङ विभाग प्रमुख रितेश लामिछानेले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार स्टार हस्पिटलले बैंक अफ काठमाण्डूका ग्राहकलाई उपचार खर्चमा १५ प्रतिशतसम्म छुट दिनेछ। छुट सुविधा प्राप्त गर्न सेवाग्राहीले बैंकको प्रिभिलेज, डेबिट वा क्रेडिट कार्डमध्ये कुनै एक देखाउनु पर्नेछ। सोमबारबाट लागू हुने गरी अस्पतालले आकर्षक छुटसहित ‘स्टार फेस्टिभ अफर–हेल्थ प्याकेज’ सञ्चालनमा ल्याएको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १६ आश्विन २०७५ ०६:०१ मंगलबार

स्टार_हस्पिटल बैंक_अफ_काठमाण्डू