अर्थ

टरिगाउँ विमानस्थलमा आज परीक्षण उडान

काठमाडौं - नेपाल वायुसेवा निगमले दाङको टरि गाउँ विमान स्थलमा चिनियाँ जहाज वाई १२ ईको परीक्षण उडान गर्ने भएको छ।

निगमका प्रवक्ता अशोक सिग्देलका अनुसार चिनियाँ जहाजको परिक्षणपछि दसैंअघिनै उडान भर्ने तयारी भइरहेको छ। निगमको जहाजले काठमाडौं, भैरहवा हुँदै दाङ उडान गर्नेछ । उक्त जहाज दाङ, भैरहवा हुँदै काठमाडौं फर्किनेछ।

उनका अनुसार विगतमा उक्त विमानस्टलमा निगमको ट्विनअटरले उडान गथ्र्यो। पहिलोपटक १७ सिटको चिनियाँ जहाज उक्त क्षेत्रमा उडाउने निगमको तयारी छ।

यसअघि पनि टरि गाउ“ विमानस् थल सञ्चालनमा थियो। विमानस् थलमा सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौ डाइको धावन मार्ग कालो पत्रे गरि एको छ। धावनमार्ग कालो पत्रे भएको लामो समयसम्म पनि उडान नहु“दा यस क्षे त्रका स्थानीय निराश भएका थिए।

निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण प्रभावकारी बनाउन निर्देशन
यसैबीच, संसदीय समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएको छ । सोमबार बसेको संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकले विमानस्थल निर्माणको कामलाई प्रभावकारी ढंगले अगाडि बढाउन सरकारलाई निर्देशन दिएको हो।

चौतर्फी रुपमा निजगढ विमानस्थल निर्माणमा चासो बढ्दै गएपछि संसदीय समितिले छलफल अगाडि बढाएको हो। समितिकी सभापति दिलकुमारी रावलले भनिन्, ‘जनचासोको विषयलाई सम्बोधन गर्नुपर्छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई प्रभावकारी र फलदायी किसिमले अघि बढाउन जरुरी छ,’ उनले भनिन्, ‘राष्ट्रिय गौरवको योजना भएका कारण पनि सफल बनाउन सरकारले विशेष ध्यान दिनुपर्छ।

बैठकमा समितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम एक वर्षभित्र सम्पन्न गर्न सरकारको ध्यानकर्षण गराएको छ।

यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई सुचारु गराउन निर्देशन दिएको छ।

प्रकाशित: १६ आश्विन २०७५ ०३:३४ मंगलबार

नेपाल_वायुसेवा_निगम टरि_गाउँ_विमान_स्थल