अर्थ

एक महिनामा एकै वडाबाट २० लाख राजश्व संकलन

जुम्ला – जुम्ला तातोपानी गाउँपालिकाको ४ नम्बर वडाले एक महिनामा २० लाख रुपैयाँ राजश्व संकलन गरेको छ। नजिकैको पाटन घर छेउछाउको जंगलमा पाइने सेतो चिनी ( खिरौलो) नामको जडिबुटीबाट मात्रै २० लाख रुपैयाँ राजश्व संकलन भएको हो।

वडाध्यक्ष धिरज जैसीले जडिबुटी संकलक र व्यापारीसँग समन्वय गरेर राजश्व उठाउने काम भएको हो। यो सेतो चिनीको प्रति केजीमा १० रुपैयाँ राजश्व लिने गरिएको छ। नसुकाएको यो जडिबुटीको मूल्य प्रतिकेजी ४० देखि ५० रुपैयाँ पर्छ।

सुकाएको बेच्दा साढे पाँच सय देखि ६ सयसम्ममा बिक्री भइरहेको छ। वडाध्यक्ष जैसीले अब यो जडिबुडीको संकलन र विक्रीबितरण कार्यलाई प्रभावकारी बनाउँदै लगिने बताए। 

 

प्रकाशित: १४ आश्विन २०७५ १०:१४ आइतबार

राजश्व_संकलन वडा