अर्थ

कतार एयरवेजलाई दुई अवार्ड

काठमाडौं – कतार एयरवेजले एयरलाइन प्यासेन्जर एक्सपिरियन्स एसोसिएसन (एपेक्स) २०१९ प्यासेन्जर च्वाइस अर्वाड्स (पिसिए) मा दुईवटा अवार्ड पाएको छ। 

कतार एयरवेजले संसारका पाँच सयभन्दा बढी एयरलाइन्सका यात्रुको प्रतिक्रियाका आधारमा ‘सर्वोत्कृष्ट खाना एवं पेय पदार्थ’ तथा ‘सर्वोत्कृष्ट क्याबिन सेवा’ उपाधि हात पार्न सफल भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: १४ आश्विन २०७५ ०५:४६ आइतबार

कतार_एयरवेज प्यासेन्जर_च्वाइस_अर्वाड्स