अर्थ

सानिमा बैंकद्वारा भिसा कार्ड अनलाइन पेमेन्ट सुरु

काठमाडौं – सानिमा बैंकले सुरक्षित भिसा कार्ड अनलाइन पेमेन्ट सेवा सञ्चालन गरेको छ। यस सेवाबाट ग्राहकले सानिमा बैंकका सबै भिसा डेबिट र क्रेडिट कार्ड प्रयोग गरी सुरक्षित अनलाइन कारोबार गर्न सक्ने बैंकले जनाएको छ। 

यो सेवा लिइसकेपछि ग्राहकले सहज र सुरक्षित तरिकाले होटल बुकिङ, एयरलाइन्स टिकट, सपिङ जस्ता सुविधा इन्टरनेटका माध्यमबाट लिन सक्नेछन्।

साथै, ग्राहकले यही सेवा प्रयोग गरी यती एयरलायन्सको अनलाइन टिकट खरिद गरेबापत प्रतिशत क्यासब्याक पाउने जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: १४ आश्विन २०७५ ०५:४३ आइतबार

सानिमा_बैंक