अर्थ

मूल्यवृद्धि र आयातको चाप उच्च  रेमिट्यान्स सन्तोषजनक, निर्यातमा सुधार

स्राेतः नेपाल राष्ट्र बैंक

 काठमाडौ– गत आर्थिक वर्षमा १४ वर्षकै न्यून मुल्य वृद्धि रहेको विवरण सार्वजनिक भएकामा चालू आर्थिक वर्षको पहिलो महिना(साउन)ले भने मूल्य बृद्धि उच्च हुने र आयातको आयतन पनि बढने संकेत गरेको छ।

 नेपाल राष्ट्रबैकले आज सार्वजकि गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार २०७४ साउनमा २.३ प्रतिशतमा सिमित रहेको मुद्रास्फीति दर ४.२मा पुगेको छ। ०७४ साउनको मुद्रास्फीति २.३ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्यमा वृद्धि भएको कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति बढ्न गएको राष्ट्र बैंकको भनाइ छ। अगिल्लो साउनमा १ प्रतिशतले सस्तो रहेको खाद्य तथा पेयपदार्थको मूल्य अवस्थजा ७५ साउनमा भने २.९ प्रतिशतले बढेको छ।

मूल्य वृद्धि सबैभन्दा धेरै नेपालको पहाडी क्षेत्रमा छ। गत  पहाडमा ५.३ प्रतिशत, तराईमा ४.१ प्रतिशत, काठमाडौं उपत्यकामा ३.५ प्रतिशत र हिमालमा २.७ प्रतिशत रहेको राष्ट्रबैंकको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति पहाडमा २.२ प्रतिशत, तराईमा २.८ प्रतिशत, काठमाडौं उपत्यकामा १.३ प्रतिशत र हिमालमा ५.६ प्रतिशत थियो।

गत साउन भरको आयातको आंकडाले आयात घटाउँदै जाने सरकारको भनाई अस्वीकृत हुने अवस्था देखिएको छ।  साउनमा मात्रै नेपालले १ खर्व २० अर्ब ६१ करोड रुपैयाँको सामान आयात गरेको छ। जवकी ७४ साउनमा ७८ अर्व १६ करोड ५९ लाख रुपैयाँको मात्र बस्तु आयातम भएको थियो। यो ५४.३ प्रतिशतको बृद्धि हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.५ प्रतिशतले मात्र बढेको थियो।

१२० अर्वको आयातभएको यो अवधिमा ६ अर्व ९२ करोडरुपैयाँको निर्यात भएको छ। अगिल्लो साउनमा ३.६ प्रतिशतले घटेको निर्यातको अवस्थालाई चिर्दै यो साउनमा भने ३.२ प्रतिशतको बृदि देखिएको छ। 

मूख्य श्रम गन्तव्य मलेशियामा श्रमिक जान नपाइरहेको अवस्थाका बीच रेमिट्यान्स(विप्रेषण) आप्रवाह भने ३३.१ प्रतिशतले वृद्धि भई ७३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । ७४ साउनमा यो आप्रवाह ७ प्रतिशतले बढेको थियो । डलरमा भित्रने रेमिट्यान्सको आकार पनि केहि बढेको छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ११.८ प्रतिशतले बढेको थियो ।

 

प्रकाशित: १२ आश्विन २०७५ ०९:०६ शुक्रबार

मुल्य_वृद्धि आयात