अर्थ

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौ– नेपाल स्टक एक्सचेन्ज९नेप्से० परिसूचक साताको कारोबारको अन्तिम दिन दोहोरो अंकले घटेको छ। परिसूचक १०।५६ अंकले घटेर १२ सय ६७।१८ कायम भएको छ।

परिसूचकसँगै कुल करोबार रकममा पनि गिरावट आएको छ। १६९ कम्पनीका २१ लाख ९६ हजार ९२६ कित्ता सेयर किनबेच हुँदा ५७ करोड ३८ लाख २० हजार ९६६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

अधिकांश समूहगत परिसूचक पनि आज ओरालो लागेका छन्। सबैभन्दा धेरै जीवन विमा समूहको २९।०७ अंकले गिरावट आएको छ भने जलविद्युत समूह २१।६४ अंकले घटेको छ। उत्पादन मूलक समूहभने आज २६।४७ अंकले बढेको नेप्सेले जनाएको छ।
आजको कारोबारमा सबैभन्दा धेरै प्रभूबैंकको ४ करोड ६९ लाख  १५ हजार रुपैयाँको कारोबार भएको छ भने सूर्य लाईफ इन्स्योरेन्सको ४ करोड ७ लाख ३५ हजार रुपैयाँको शेयर किनबेच भए।

 

प्रकाशित: ११ आश्विन २०७५ १०:५९ बिहीबार

नेप्से गिरावट