अर्थ

उर्जामन्त्री–कोरियाली राजदूत भेट

काठमाडौं – उर्जा,जलस्रोत,तथा सिंचाईमन्त्री बर्षमान पुन र दक्षिण कोरीयाली राजदूत योङग सिक पार्कबीच भेटवार्ता भएको छ ।  बुधबार भएको भेटमा द्धिपक्षीय हितका साथै उर्जा क्षेत्रमा गर्ने सहकार्यका विषयमा छलफल भएको थियो। 

मन्त्री पुनले भेटमा कोरीयाले नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानप्रति सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे । उनाले उर्जा क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै कोरियाली लगानीकर्तालाई थप लगानी गर्न समेत आह्वान गरे।  

मन्त्री पुनले नेपालमा राजनीतिक स्थायित्वको युग सुरु भइसकेको भन्दै वर्तमान सरकारको प्राथमिकता शिक्षा,स्वास्थ्य र पुर्वाधार विकासमा रहेको जानकारी दिँदै त्यसका लागि कोरीयाली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे।  

मन्त्री पुनले चमेलिया जलविद्युत आयोजना निर्माणमा पुरयाएको योगदानप्रती धन्यवाद व्यक्त गर्दै गुणस्तरीय कोरीयाली निर्माण कम्पनी नेपालमा काम गर्न सक्ने धारणा राखे।

प्रकाशित: ११ आश्विन २०७५ ०४:३६ बिहीबार

बर्षमान_पुन योङग_सिक भेटवार्ता