अर्थ

एनबी बैंक–एनबिआई सम्झौता

काठमाडौं – नेपाल बंगलादेश (एनबी) बैंक र नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) बीच तालिम सञ्चालनसम्बन्धी सम्झौता भएको छ। 

सम्झौता अनुसार एनबीआईले बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउने छ । बैंकले आफ्ना कर्मचारीलाई एनबिआईबाट न्यूनतम ५० लाख रुपैयाँ बराबरको वार्षिक तालिम सञ्चालन गराउने छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ। 

 

प्रकाशित: ११ आश्विन २०७५ ०४:२८ बिहीबार

एनबी_बैंक एनबिआई सम्झौता