अर्थ

शेयर कारोबारमा सामान्य गिरावट

काठमाडौ– मंगलबार उच्च बृद्धि आएको नेपालको सेयरको दोस्रो बजार नेपालस्टक एक्सचेन्ज(नेप्से)मा आज सुधारात्मक गिरावट आएको छ। हिजो २२ अंकले बढेको नेप्से परिसूचक २.३१ अंकले घटेको छ।

१ अर्ब १२ करोडको हिजोको कारोबारलाई पच्छाउँदै आज ९१ करोड ४६ लाख ५६ हजार ८८४ रुपैयाँको शेयर खरिद विक्री भएको छ।आज १७१ कम्पनीका ४५ लाख ९१ हजार कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।

समूहगत परिसूचकतर्पm जीवन बिमा समूहको ३०.४८ अंकले बढेको छ। अन्य समूह सामान्य बढेको छ। बाँकी सबै समूह घटेका छन्। सबैभन्दा धेरै निर्जीवन बिमा समूहमा २४.२७ अंकको गिरावट आएको छ। उत्पादनमूलक समूह १७.७५ अंकले घटेको छ। बैंकिङ समूह २.६९ अंकले घटेको छ।

उच्च कारोबार भएका १० मध्ये ८ वाणिज्य बैंक नै रहेका छन्। कुमारी बैंकको ६ करोड २७ लाख ८४ हजार ५८० रुपैयाँको कारोबार भएको छ। एनएमबी बैंकको ६ करोड ६ लाख ९६ हजार रुपैयाँको शेयर किनबेच भएको छ। आजको कारोबारमा सबैभन्दा धेरै राष्ट्रिय बिमा कम्पनीको प्रतिकित्ता ९० रुपैयाँ बृद्धि भएको छ भने सोही कम्पनीको प्रवद्र्धक शेयरको मूल्य ४० रुपैयाँले घटेको छ।

 

प्रकाशित: १० आश्विन २०७५ ०९:५८ बुधबार

शेयर सामान्य_गिरावट नेप्से