अर्थ

हिमस्टारको पक्का उपहार

काठमाडौं – गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले दसैं, तिहार र छठको अवसर पारेर ‘खुक्र्याे कि फुक्र्यो’ नामको प्रवद्र्धन योजना सार्वजनिक गरेको छ।

कम्पनीले नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज, वासिङ मेसिन लगायत होम अप्लाएन्सेसको खरिदमा हात खाली नजाने योजना ल्याएको छ । ‘स्क्र्याच गरी, उपहार जिती, दंग परी’ उक्त योजनाको नारा छ।

यो योजनमा समावेश हुने ग्राहकले कुपन स्क्र्याच गरेर हिमस्टारका राइस कुकर, इलेक्ट्रिक थर्मस, इलेक्ट्रिक किट्ली, भ्याकुम क्लिनर, उफर, मिक्स्चर, ड्राइ आइरन तथा स्टिम आइरन जित्न सक्नेछन्।

हिमस्टारले नेपाली बजारमा स्तरीय होम अप्लाएन्सेसहरु उपलब्ध गराउँदै आएको जनाएको छ । ग्राहकले यो चाडपर्वको उपलक्ष्यमा हिमस्टारसँग नयाँ अनुभव प्राप्त गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित: १० आश्विन २०७५ ०६:२९ बुधबार

हिम_इलेक्ट्रोनिक्स उपहार