अर्थ

मकवानपुरको सानोपोखरामा नेपाल बैंक

काठमाडौं – नेपाल बैंक लिमिटेडले मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–५, सानोपोखरामा शाखा स्थापना गरेको छ। वित्तीय पहुँच तथा समावेशी बढाउने सरकारी नीतिमा सघाउने उद्देश्यले दुर्गमदेखि सुगमसम्मका स्थानमा शाखा विस्तार गर्ने क्रममा यो शाखा खोलेको बैंकले जनाएको छ । चालु आर्थिक वर्षमा २८ शाखा स्थापना गर्ने बैंकको लक्ष छ । आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले पाँचवटा शाखा खोलिसकेको जनाएको छ।

यो सहित नेपाल बैंकको कुल शाखा संख्या एक सय ४४ पुगेको छ।

यस बैंकले गत असारसम्ममा ९९ अर्ब ८३ करोड निक्षेप संकलन गरी ७९ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ। शाखाबाहेक बैंकले ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेटमार्फत १४ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष बैकिङ दिइरहेको जनाएको छ।

प्रकाशित: १० आश्विन २०७५ ०६:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App