अर्थ

नेपाल विज्ञापन संघको साधारणसभा

काठमाडौं – नेपाल विज्ञापन संघ (आन)को १९औं साधारणसभा सम्पन्न भएको छ । सूचना, तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको उपस्थितिमा उक्त सभा भएको संघले जनाएको छ।

१७ सदस्यीय कार्यसमिति रहेका आनले विज्ञापन बजारका विज्ञहरुको नेतृत्वमा विभिन्न सामाजिक कार्य तथा विज्ञापन व्यवसायको हकहितमा काम गर्दै आइरहेको छ।

संघले  आर्थिक २०७५/०७६ का लागि करिब एक करोड ५० लाख बराबरको  अनुमानित  बजेट छुट्ट्याएको छ । संघले विगतमा झैं आगामी वर्ष पनि कृति अवार्ड आयोजना गर्ने जनाएको छ।

प्रकाशित: ९ आश्विन २०७५ ०६:४५ मंगलबार

नेपाल_विज्ञापन_संघ