अर्थ

सिद्धार्थ बैंकका तीन नयाँ शाखा थपिए

काठमाडौं – सिद्घार्थ बैंकले देशका विभिन्न स्थानमा तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सप्तरीको राजविराज, रुपन्देहीको मणिग्राम र सौराहा फर्साटिकरमा नयाँ शाखा कार्यालय सुरु गरेको बैंकले जनाएको छ।

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीलाई सबै प्रकारका निक्षेप तथा कर्जा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा दिने गरी ती शाखा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ तथा मेबाइल बैंकिङ पनि दिइरहेको छ।

बैंकले अगामी दिनमा पनि शाखा विस्तार जारी राख्ने बताएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने बैंकको उद्देश्य छ । हालै सञ्चालनमा आएकासहित बैंकले एक सय २६ शाखा (तीन एक्सटेन्सन काउन्टर सहित), ९९ शाखारहित बैंकिङ एकाइ, एक सय ३१ एटिएम र हजारभन्दा बढी पिओएस मेसिनमार्फत सवा दिइरहेको जनाएको छ।

प्रकाशित: ९ आश्विन २०७५ ०६:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App