अर्थ

लिखुमा नेपाल एसबिआई बैंक

ओखलढुंगा – लिखु गाउँपालिकामा नेपाल एसबिआई बैंक लिमिटेडको शाखा स्थापना भएको छ।

ओखलढुंगाका संघीय सांसद यज्ञराज सुनुवारले शनिबार गाउँपालिकाको केन्द्र यसममा बैंकको शाखा उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद सुनुवारले अब आर्थिक कारोबार गर्न तीन जिल्ला घुमेर सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको बताए।

आगामी दिनमा लिखु गाउँपालिकामा हुने सबै आर्थिक कारोबार नेपाल एसबिआई बैंकबाटै हुने गाउँपालिकाले जनाएको छ । ओखलढुंगामा स्थानीय तहमा काम गर्ने गरी शाखा विस्तार गर्ने बैंकमा नेपाल एसबिआई तेस्रो हो।

प्रकाशित: ८ आश्विन २०७५ ०६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App