अर्थ

सगुन सहकारीको खुद मुनाफा डेढ करोड

सर्लाही – प्रदेश नं. २ कै उत्कृष्ट सहकारी संस्थाको रुपमा पुरस्कृत सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेड हरिवनले आर्थिक वर्ष २०७४/०७५ मा १ करोड ६३ लाख ५६ हजार ५३२ रुपैंया खुद मुनाफा गरेको छ । शनिबार सम्पन्न १९ औं साधारण सभामा सो जानकारी गराईएको हो।

संस्थाले आर्थिक वर्ष २०७४/०७५ को आयव्यय पारित, रक्तदान कार्यक्रम तथा शेयर सदस्यका सन्तान मध्ये १२ कक्षामा सबैभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत एवं सम्मान लगायत कार्यक्रम गर्दै साधारण सभा सम्पन्न गरेको छ । संस्थाद्वारा सञ्चालित सगुन शिक्षा आवासिय विद्यालय परिसरमा आयोजित सभाले आर्थिक वर्ष २०७४÷०७५ मा १ अर्ब ७ करोड ६१ लाख ७६ हजार ६६२ रुपैंयाको आयव्यय पास गरेको छ।

संस्थाले आफ्ना शेयर सदस्यका सन्तान मध्ये संस्थागत तथा सामुदायिक विद्यालयबाट सबैभन्दा बढी अंक ल्याई १२ कक्षा पास गरेका रोहनकुमार खड्का र वद्र्धन बस्नेतलाई जनही पाँचहजार ५०५ रुपैंया सहित प्रशंसा पत्र समेत प्रदान गरेको छ । त्यस्तै रक्तदान कार्यक्रममा १३४ जनाले रगत दान गरेको सञ्चालक समिति सदस्य रामप्रसाद घिमिरेले जानकारी दिए । रगत संकलनका लागि रक्तसञ्चार केन्द्र भरतपुरका स्वास्थ्यकर्मी आएका थिए।

संस्थाका अध्यक्ष बाबुराम घिमिरेको अध्यक्षता रहेको कार्यक्रमा राष्ट्रिय सहकारी बोर्ड तथा राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दिपकप्रकाश बास्कोटाको प्रमुख आतिथ्यता रहेको थियो । तीन तहको सरकारले छुट्टाछुट्टै रुपमा बनाउने एने नियमका कारण सहकारी क्षेत्र अन्यौलमय बनेको बास्कोटाले बताए ।
पाँचहजार ३४३ महिला सहित नौ हजार ४०२ जना शेयर सदस्य रहेको संस्थाको प्रधान कार्यालय हरिवन बजारमा रहेको छ भने ढुंग्रेखोला र लालबन्दीमा सेवाकेन्द्र मार्फत शेयर सदस्यलाई सेवा पु¥याउँदै आएको छ।

प्रकाशित: ७ आश्विन २०७५ ०६:१७ आइतबार

सगुन_सहकारी प्रदेश_नं._२