अर्थ

बाफलमा नेपाल इन्भेस्टमेन्ट बैंक

काठमाडौं – नेपाल इन्भेस्टमेन्ट बैंकले सोल्टी दोबाटो चोकस्थित बाफलमा नयाँ शाखा खोलेको छ। उक्त शाखाको बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले उद्घाटन गरेका हुन्।  

विशेषतः कलंकी तथा सीतापाइला आसपासका स्थानीयलाई वित्तीय कारोबार छिटो, छरितो र सहज तवरले प्रदान गर्न न्यूरोडको मुन्चा हाउसमा सञ्चालित शाखालाई बाफल सारेको बैंकले जनाएको छ । बैंकको शाखा संख्या ७७  छ। सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार बैंकले सेवा विस्तारको अभियानलाई निरन्तरता दिइरहेको पनि विज्ञप्तिमा जनाएको छ।

प्रकाशित: ७ आश्विन २०७५ ०६:०८ आइतबार

नेपाल_इन्भेस्टमेन्ट_बैंक