अर्थ

लुम्बिनी बैंकमा शपथ

काठमाडौं – लुम्बिनी विकास बैंक सञ्चालक समितिका अध्यक्ष चिन्तामणि भट्टराईले पदभार ग्रहण गरेका छन्।

नवनियुक्त अध्यक्ष भट्टराईले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीबाट गोपनीयताको शपथसँगै पदभार ग्रहण गरेका हुन्।

उक्त अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, लुम्बिनी विकास बैंक सञ्चालक प्रवीणकृष्ण श्रेष्ठ लगायतको सहभागीता रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ५ आश्विन २०७५ ०६:०५ शुक्रबार

लुम्बिनी_विकास_बैंक