अर्थ

शेयरबजारमा समान्य गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा समान्य गिरावट आएको छ। नेप्से परिसूचक ३.७४ अंकले घटेर १२सय५५.०७ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

साताको कारोबारको अन्तिम दिन कुल कारोबार रकममा पनि गिरावट आएको छ। १६७ कम्पनीका २० लाख १५ हजार ८२९ कित्ता शेयर किनबेच हुँदा ५५ करोड ५० लाख ६१ हजार ५०२ रुपैयाँको कारोबार भएको छ।

आज तीन समूहको सूचकमात्र सकारात्मक छन्। ७ समूह ओरालो लागेका छन्। सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक १०७.४८ अंकले घटेको छ भने जीवन बिमा समूह ७९.८१ अंकले घटेको छ। होटल समूह २०.५७ अंकले बढेको छ।

आजको कारोबारमा प्रतिकित्ता आम्दानीमा युनिलिभरको १३६ रुपैयाँ रहेको छ भने गुमाउनेमा राष्ट्रिय बिमा कम्पनीको सस्थापक शेयर २९९ सय र सर्वसाधारण शेयर १५५ रुपैयाँले घटेको छ।

 

 

प्रकाशित: ४ आश्विन २०७५ ११:०६ बिहीबार

नेप्से समान्य_गिरावट