अर्थ

सन्राइजद्घारा नेपाल बाल संगठनलाई सहयोग

काठमाडौं – सन्राइज बैंक लिमिटेडले नेपाल बाल संगठनका बालबालिकालाई विभिन्न सामग्री उपलब्ध गराएको छ। बैंकले ११औं वार्षिकोत्सवको अवसरमा संगठनमा रहेका एक सय ८० जना बालबालिकाका लागि खाद्य सामग्री, जाडो महिनाको लागि लुगा, भाँडाकुँडा, तन्ना लगायत सामग्री वितरण गरेको हो।

उक्त सामाग्री बैंक सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड, सञ्चालकहरु बच्छराज तातेड्, ओमकृष्ण जोशी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलगायतले वितरण गरेका थिए । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २ आश्विन २०७५ ०५:०० मंगलबार

सन्राइज_बैंक