अर्थ

चोभारमा सिटिजन्सको एटिएम

काठमाडौं –  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको चोभारमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ।

चोभारस्थित सशस्त्र प्रहरी बलको कार्यालयनजिकै सञ्चालनमा ल्याएको उक्त एटिएम सेवाको सुरुवात शुक्रबार सांसद राजन केसी, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र बैंकका ब्रान्ड एम्बेसडर राष्ट्रिय क्रिकेट टिमका उप–कप्तान ज्ञानेन्द्र मल्लले गरेको बैंकले जनाएको छ। उक्त सेवाबाट चोभार क्षेत्र र वरपरका सर्वसाधारण लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

बैंकले मुलकभर ७९ वटा शाखा, ७३ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ एकाइबाट ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ।

प्रकाशित: ३१ भाद्र २०७५ ०५:४४ आइतबार

सिटिजन्स_बैंक