अर्थ

दिव्य लघुवित्तका तीन शाखा

काठमाडौं – दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेडले झापाको अर्जुनधारा, सुनसरीको झुम्का र सप्तरीको कञ्चनरुपमा शाखा खोलेको छ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण बिष्टले ती शाखा उद्घाटन गरेको संस्थाको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय स्तरको उक्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय काभ्रेको नमोबुद्ध नगरपालिका, भकुण्डेबेसीमा छ। गत साउन २३ गतेबाट सञ्चालनमा आएको संस्थाले चालु आर्थिक वर्षमा विभिन्न जिल्लामा ३० वटा शाखा कार्यालय सञ्चालनमा ल्याउने जनाएको छ।

प्रकाशित: ३१ भाद्र २०७५ ०५:३३ आइतबार

दिव्य_लघुवित्त_वित्त