अर्थ

एनबिआई र एनएमबि बैंकबीच सम्झौता

काठमाडौं – नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) र एनएमबि बैंकबीच तालिम सञ्चालनसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र एनबिआईका प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार एनबिआईले बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउनेछ। बैंकले आफ्नो कर्मचारीका लागि इन्स्टिच्युटबाट न्यूनतम ५० लाख रुपैयाँ बराबरको वार्षिक तालिम सञ्चालन गराउने सम्झौतापत्रमा उल्लेख छ।

प्रकाशित: ३१ भाद्र २०७५ ०५:२३ आइतबार

नेसनल_बैंकिङ_इन्स्टिच्युट