अर्थ

अप्रिला रोड ट्रिप हुने

काठमाडौं– डि लाइफस्टाइल प्रालिले ‘अप्रिला रोड ट्रिप’ गर्ने भएको छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी डि लाइफस्टाइलकी असिस्टेन्ट म्यानेजर दीक्षा श्रेष्ठले अप्रिला स्कुटरमा देशव्यापी टुर आयोजना गर्न लागेको जानकारी दिइन। उनका अनुसार असोज १ देखि २० गतेसम्म ‘अप्रिला रोड ट्रिप’ सञ्चालन हुनेछ।

अप्रिलाको नयाँ स्कुटर नेपालको भौगलिक बनावट (हिमाल, पहाड तराई)मा उपयुक्त छ कि छैन भनी परीक्षण गर्न र व्यापार प्रवर्द्धनका लागि यो कार्यक्रम आयोजना गरेको श्रेष्ठको भनाई छ।

‘अप्रिला रोड ट्रिप’ काठमाडौंबाट सुरु भई ओखलढुंगा, हलेसी महादेव, इटहरी, इलाम, धरान, बर्दिवास, सौराहा, लुम्बिनी, सुर्खेत, धनगढी, सिलगडी, कर्णाली, बुटबल, पाल्पा र पोखरा भई काठमाडौं फर्किएर सम्पन्न हुनेछ।

यो कार्यक्रमलाई लुम्बिनी इन्स्यौरेन्स, अल्का अस्पताल र शप स्टप नेपालले प्रयोजन गरेका छन्। 

प्रकाशित: २९ भाद्र २०७५ १२:१३ शुक्रबार

अप्रिला_स्कुटर देशव्यापी_टुर