अर्थ

हुन्डाईको इलेक्ट्रिक कार सार्वजनिक

काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक डिलर लक्ष्मी इन्टरनेसनल प्रालिले नाडा अटो सोमा नयाँ इलेक्ट्रिक कार सार्वजनिक गरेको छ। हुन्डाईको आइओएनआइक्यु इलेक्ट्रिक गाडी सेग्मेन्टकै पहिलो रहेको कम्पनीले जनाएको छ।

आइओएनआइक्युमा ट्वान्टी एट केडब्लुएच लिथुम आइओन पालिमर ब्याट्रीमा कनेक्ट हुने एट्टी एट केडब्लुको इलेक्ट्रिक मोटर छ । यसले एकचोटि चार्ज गरेपछि २०० देखि २५० किलोमिटरको ड्राइभिङ दिने कम्पनीले जनाएको छ।

यसमा ११० भोल्ट आउटलेटमा सजिलै प्लग गर्न मिल्ने ओबिसी चार्जर हुन्छ । नयाँ कारमा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ । जसले रिजेनेरेटिभ ब्रेकिङमा चार लेबलको नियन्त्रण प्रदान गर्ने जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २९ भाद्र २०७५ ०६:३८ शुक्रबार

हुन्डाई