अर्थ

प्रदेश २ मा स्वदेशी लघुवित्तको कार्यक्रम

काठमाडौं – स्वदेशी लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. २ को सप्तरी–कल्याणपुर, सिराहा–भगवानपुर, विष्णुपुर, सुखीपुर र चौहर्वामा तथा पर्साको डकेलामा ६ वटा शाखा कार्यालय विस्तार गरी विभिन्न सामाजिक काम गरेको छ।

स्थानीयसँग समन्वय र सहकार्य, सामाजिक जागरणका क्रियाकलापमा संलग्नता र नेतृत्व गर्ने, वित्तीय साक्षरतासम्बन्धी जनचेतना सञ्चार गर्ने उद्देश्यले सामाजिक कार्यक्रम सञ्चालन भएको संस्थाले जनाएको छ।
भदौ १५ देखि २२ गतेसम्म सञ्चालन आएको सप्ताहव्यापी सामाजिक कार्यक्रममा सरसफाइ कार्यक्रम, जनचेतनामूलक नाटक, विद्यालय स्तरमा मासिक सरसफाइ, बालविवाह, लक्ष्य निर्धारण, वित्तीय साक्षरता र फोहोर व्यवस्थापन लगायत विषयमा चेतनामूलक कार्यक्रम भएको थियो।

उक्त कार्यक्रम सशस्त्र प्रहरी, सप्तरी युथ, जागृति नेपाल लगायत संस्थासँगको समन्वयमा सुरु भएको थियो।

उक्त कार्यक्रममा प्रदेश सांसद, उद्योग वाणिज्य संघका प्रतिनिधि, नेपाल प्रहरीका प्रहरी, बजार व्यवस्थापन समितिका अध्यक्ष, वडाअध्यक्ष, महिला सञ्जालका अध्यक्ष लगायत उपस्थिति रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २९ भाद्र २०७५ ०६:१७ शुक्रबार

लघुवित्त_वित्त