अर्थ

नेप्सेमा आज पनि दोहोरो अंकको बृद्दि, कारोबार पनि उच्च

काठमाडौ– बिहिबार पनि नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार उत्साहजन रहेको छ। बुधबार १३ अंकले बढेको नेप्से परिसूचक आज बिहिबार १४.१३ अंकले बढेर १२ सय ४४.८४ विन्दुमा पुगेको छ

आज १७३ कम्पनीका २७ लाख ११ हजार कित्ता शेयरहरु ७२ करोड ९८लाख ५ हजार ५४६ रुपैयाँमा खरिद विक्री भएका छन्।
क बर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.४७ अंकले बढेको छ। बुधबार ४३ कराेड रूपैयाँकाे काराेबार भएकाे  थियाे। 

समूगत कारोबारतर्फ नीर्जिवन बिमा समूह ४१.४१ अंकले र जीवन बिमा समूह ११.२८ अंकले घटेका छन्। होटल समूहमा भने ३२.१९ अंकले बढेको छ। बैंकिङ समूह १६.२ अंकले बढेको छ।

आजको कारोबारमा सबैभन्दा धेरै एनएमबी बैंकको ५ करोड ९४ लाख ५१ हजार रुपैयाँको शेयर किनबेच भएका छन् भने एनआईसी एसियाको ५ करोड ४९ लाख ६९ हजार रुपैयाँको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

प्रकाशित: २८ भाद्र २०७५ ०९:४३ बिहीबार

नेप्से दोहोरो_अंकको_बृदि