अर्थ

हिरो मोटोकर्पको ‘एक्स्ट्रिम २०० आर’

काठमाडौं – हिरो मोटोकर्पले नयाँ मोटरसाइकल ‘एक्स्ट्रिम २००आर’ नेपाली बजारमा भित्र्याएको छ । उक्त मोटरसाइकलको मूल्य दुई लाख ८६ हजार पाँच सय रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ।

एक्स्ट्रिम २००आरलाई एकदम नयाँ प्रणालीको बिएस आइभी २०० सिसी एयर कुल्ड इन्जिनले शक्ति प्रदान गर्नेको कम्पनीको विज्ञप्तिमा छ । ८००० आरपिएममा १८.४ पिएसको अधिकतम शक्ति र ६५०० आरपिएमा १७.१ एनएमको अधिकतम टर्क उत्पन्न कम्पनीले जनाएको छ । यसले हरेक अवस्थामा प्रचूर शक्ति र टर्क प्रदान गर्ने जनाएको छ। 

कम्पनीले उक्त मोटरसाइकल भारतमा सार्वजनिक गरेलगत्तै नेपालमा ल्याएको जनाएको छ। उक्त मोटसाइकल नेपाल जनरल मार्केटिङका सबै डिलरमा उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २७ भाद्र २०७५ ०४:३० बुधबार

मोटरसाइकल एक्स्ट्रिम_२००आर