अर्थ

एनआइसी एसियाको चमत्कारिक सवारी कर्जा

काठमाडौं – एनआइसी एसिया बैंकले ‘चमत्कारिक सवारी कर्जा’ र ‘चमत्कारिक घर जग्गा कर्जा’ गरी दुईवटा नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले ‘एनआइसी एसियाको साच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार’ नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको हो। 

योजनामा नयाँ गाडी लिन वा पुरानो सवारीसाधन साट्न चाहने ग्राहकले लाभ लिन सक्ने बैंकको भनाइ छ । यो योजनाअन्र्तगत तुरुन्तै कर्जा स्वीकृति हुने बैंकको विज्ञप्तिमा छ । यस्तो कर्जाको भुक्तानी अवधि अधिकतम १५ वर्षसम्म हुने र सवारीको मूल्यअनुसार मासिक ११ हजार रुपैयाँबाट किस्ता रकम सुरु हुने जानकारी दिएको छ । बैंकले यो कर्जाअन्तर्गत आंशिक अथवा पूर्ण रुपमा बिना शुल्क पूर्व भुक्तानी गरी मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सक्ने जनाएको छ। 

बैंकले यसको मासिक ब्याजदर ०.९ प्रतिशत हुने तथा प्रशासनिक सेवा शुल्कमा विशेष छुट दिने जानकारी दिएको छ । त्यस्तै बैंकले सार्वजनिक गरेको  चमत्कारिक घरजग्गा कर्जामा आफ्नो आम्दानीअनुसार मासिक किस्ता निर्धारणको सुविधा दिएको बैंकले जनाएको छ । बैंकले यसका लागि अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि समेत दिएको छ। 

बैंकले यो कर्जामा पनि आंशिक अथवा पूर्ण रुपमा बिना कुनै शुल्क पूर्वभुक्तानी गरी मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने सुविधा दिएको छ । बैंकले यसका लागि पनि मासिक ०.९ प्रतिशत ब्याजदर तोकेको छ।

प्रकाशित: २७ भाद्र २०७५ ०४:२७ बुधबार

एनआइसी_एसिया_बैंक चमत्कारिक_सवारी_कर्जा