अर्थ

६ अंकले बढ्यो नेप्से

काठमाडौ– नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक मंगलबार ६.७७ अंकले बढेर १२ सय १७.६५ अंकमा पुगेको छ। आज कुल कारोबार पनि सोमबारको तुलनमा वृद्धि भएको देखिएको छ।

आज १६७ कम्पनीका १० लाख ९७ हजार ९११ कित्ता शेयरहरु किनबेच भएर ३३ करोड ३२ हजार ७६३ रुपैयाँको कारोबार भएको छ। सोमबार परिसूचक ८.१ विन्दुले घटेको  थियो भने २७ करोड ७४ लाख २२ हजार रुपैयाँको कारोबार भएको थियो।

समूहगतकारोबार हेर्दा ११ मध्ये २ समूहमात्र घटेको देखिएको छ। नीर्जिवन विमा समूह ६८.२८ अंकले घटेको छ।
उता बढ्नेमा सवबैभन्दा धेरै होटल समूह ४९.४८ अंकले बढेको छ भने जीवन बिमा १८.६३अंकले बढेको छ। बैंकिङ समूह ७.२३ अंकले बढेको छ।

आजको कारोबारमा सबैभन्दा धेरै एनआईसी एसिया बैंकको २ करोड ७४लाख, कुमारी बैंकको २ करोड २८लाख रुपैयाँको सेयर खरिद विक्री भएका नेपाल स्टक एक्सचेन्जले जनाएको छ।   

 

प्रकाशित: २६ भाद्र २०७५ ०९:३५ मंगलबार

नेप्से) वृद्धि