अर्थ

स्कुललाई जनता बैंकको कम्प्युटर

काठमाडौं – जनता बैंक नेपाल लिमिटेडले दार्चुलाको दुँहु गाउँपालिकास्थ्ति जनविकास माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ।

बैंकका दार्चुला शाखा प्रमुख प्रकाशदत्त भट्टले एक कार्यक्रमबीच विद्यालयका प्रधानाध्यापक गीता कुँवरलाई उक्त सामग्री हस्तान्तरण गरेको जारी विज्ञप्तिमा उल्लेख छ। दार्चुला जिल्लाको विकट क्षेत्रमा रहेको उक्त विद्यालय सदरमुकाम खलंगाबाट ४ घन्टाको पैदल दुरीमा रहेको छ।

प्रकाशित: २६ भाद्र २०७५ ०६:२३ मंगलबार

जनता_बैंक