अर्थ

तत्कालका लागि चिनी आयात रोकिन्छ : प्रम ओली

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका चिनी मिलमा प्रशस्त चिनी मौज्दात भएकाले तत्कालका लागि चिनी आयात रोकिने बताएका छन्। 

उखु उत्पादक किसान सङ्घ र चिनी मिलका प्रतिनिधिसँग प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले पाकिस्तानलगायत देशबाट सस्तो मूल्यमा आयात भएको चिनीसँग स्वदेशी चिनीले प्रतिष्पर्धा गर्न नसकेको गुनासो आएपछि यस्तो निर्णय गरिएको बताए। 

प्रधानमन्त्री ओलीले नेपालको चिनी बिक्री नभएका कारण किसानले उखुको पैसा नपाएको गुनासो आइरहेको भन्दै नेपालमा चिनी मिलमा प्रशस्त चिनी मौज्दात भएकाले तत्काललाई चिनी आयात रोकेपछि नेपालमा भएको चिनी बजारमा जान्छ र किसानले उखुको पैसा पनि पाउँछन् भने। 

“चिनी मात्र नभई आागमी मौसमदेखि उखु पनि आयात गर्न पाइदैन, भारतको उखु किन्ने अनि नेपाली किसानको उखु खेत मै सुकाउने कुरा अब हुँदैन। यस पटकदेखि उखुको निर्यात पूर्ण रुपमा रोकिन्छ”, प्रधानमन्त्री ओलीले भने। 

कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडा, उद्योग, वाणज्यि तथा आपूर्तीमन्त्री मात्रिका यादव, कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालको समेत उपस्थिति रहेको थियो। 

प्रकाशित: २२ भाद्र २०७५ १५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App