काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता इन्टर कन्टिनेन्टल प्रालिले ‘हुन्डाई फेस्टिभ डिलाइट’ योजना ल्याएको छ। दसैं, तिहार र छठ पर्वलाई उत्सवमय बनाउने लक्ष्यसहित यो योजना ल्याइएको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
यो योजना बिहीबारदेखि आगामी कात्तिक २७ गतेसम्म लागू हुने विज्ञप्तिमा उल्लेख छ । यस योजनाअन्तर्गत ग्राहकले आकर्षक नगद छुट र एक वर्ष निःशुल्क बिमा पाउनेछन् । साथै, स्क्र्याच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुट, लक्की–ड्रमार्फत सय जनालाई १०–१० ग्राम सुन प्रदान गरिने जनाएको छ।
बम्पर उपहारअन्तर्गत लक्की–ड्रमार्फत ‘हुन्डाई आइट्वान्टी एक्टिभ’ एक थान र ‘हुन्डाई क्रेता’ एक थान जित्न सक्ने अवसरसमेत रहेको कम्पनीले जानकारी दिएको छ।
प्रकाशित: २१ भाद्र २०७५ ०६:३० बिहीबार