अर्थ

जोरपाटीमा मुक्तिनाथ बैंकको शाखा

काठमाडौं - मुक्तिनाथ विकास बैंकले गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा शाखा कार्यालय स्थापना गरेको छ।

बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गरे । सो क्रममा श्रेष्ठले प्रविधि प्रयोग गरी घरबाटै कारोबार गर्नसक्ने बनाउनुपर्नेमा जोड दिए । उनले बैंकद्वारा कृषि र विपन्न वर्गमा गरिएको लगानी प्रशंसानीय रहेको बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत पद्युम्न पोखरेलले समावेशी वित्तीय पहुँच विस्तारको लक्ष्यलाई अझ विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा प्राथमिकता दिइने बताए । बैंकको सञ्चालक समितिका सदस्य नारायणकुमार श्रेष्ठले गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए।

प्रकाशित: २१ भाद्र २०७५ ०६:१६ बिहीबार

मुक्तिनाथ_विकास_बैंक