अर्थ

स्प्राइटको योजनामा चार लाखभन्दा बढी विजेता

काठमाडौं – स्प्राइटले आफ्ना ग्राहकका लागि लागू गरेको ‘स्प्राइट रिफ्रेस बनायो, रिचार्ज गरायो’ योजना सकिएको जानकारी दिएको छ। गत साउन ७ गतेबाट सुरु भएको उक्त योजना भदौ १५ गतेसम्म लागू गरिएको थियो।

सो अवधिमा चार लाख ३० हजारभन्दा बढी उपभोक्ताले रिचार्ज टकटाइम जित्न सफल भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उक्त योजनामा सहभागीले १० देखि पाँच हजार रुपैयाँसम्मको रिचार्ज टकटाइम जित्न सकिने अफर राखिएको थियो।
 

प्रकाशित: २१ भाद्र २०७५ ०६:१० बिहीबार

स्प्राइट रिचार्ज