अर्थ

डलरको भाउ ११५ रुपैयाँ ११ पैसा

काठमाडौ– निरन्तर बढदो रहेको अमेरिकी डलरको मूल्य आज बिहिबार ११५ रुपैयाँ ११ पैसा पुगेको छ। नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले निर्धारण गरेको डलरको बिक्रीदर हालसम्मकै उच्च हो। राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर भने ११४रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ।
भारतीय रुपैयाँ डलरको तुलनामा कमजोर हुँदै जाँदा नेपाली रुपैयाँ पनि अवमूल्यन हुनेक्रम जारी छ। भारतीय मुद्रासँगको स्थीर विनिमयदर(१००भारतीय रुपैयाँ बराबर १६० नेपाली रुपैयाँ)का कारण नेपाली मुद्रा डलरको तुलनमा कमजोर भएको हो।

भारतीय रिजर्भ बैंकले बिहिबारका लागि १ अमेरिकी डलर बराबर ७१.९०भारु निर्धारण गरेको छ। नेपालको सम्पूर्ण विदेशी विनिमय दर भारतसँगको स्थीर विनिमय दरका आधारमा निर्धारण हुँदै आएको छ।

 

प्रकाशित: २१ भाद्र २०७५ ०६:०८ बिहीबार

अमेरिकी_डलर नेपाली_रुपैयाँ विनिमयदर