अर्थ

ऊर्जामन्त्री पुन बंगलादेश भ्रमणमा

काठमाडौं–ऊर्जा जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन बंगलादेशमा आयोजना हुने ऊर्जा सप्ताह समारोहमा भाग लिन बंगलादेश प्रस्थान गरेका छन्। 
उर्जामन्त्रालयका सहसचिब दिनेश कुमार घिमिरेसहित ६ जना सरकारी अधिकारी सहित बंगालादेश गएको टोलीले त्यहाका राष्ट्रपति, प्रधानमन्त्रीलगायत पदाधिकारीसँग भेट गर्ने कार्यक्रम छ। भेटमा हालै सम्पन्न नेपाल बंगलादेश ऊर्जा सहयोगसंबन्धी समझदारी पत्र कार्यान्वयन, द्विदेशीय हितका समसामयिक विषयमा छलफल हुने जनाइएको छ। 

 

प्रकाशित: २० भाद्र २०७५ ०८:४१ बुधबार

ऊर्जामन्त्री बंगलादेश